रोटरीको राइलामा ४५ सहभागी
पाेखरा | पुस २४, २०८०
पोखरा: रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत कास्कीमा रोटरी युथ लिडरसिप अवार्ड (राइला) हुँदैछ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत लेवाडेमा यही जनवरी ११ देखि १४ (पुस २६ देखि २९) सम्म हुने सो कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
१६ देखि २० वर्ष उमेर समूहकाले भाग लिन पाउने उक्त कार्यक्रम विशेषगरी नेतृत्व कौशल विकासका लागि महत्वपूर्ण मानिन्छ ।
सुन्दर, मनोरम स्थान लेवाडेमा प्रकृतिसँग रमाउँदै ४ दिनसम्म हुने सो कार्यक्रम रोटरीका विभिन्न कार्यक्रममध्ये महत्वपूर्ण रुपमा लिने गरिन्छ । कार्यक्रमका लागि हालसम्म ४५ जनाको रजिष्ट्रेसन भएको डिष्ट्रिक्टको राइला को–चेयर एवं कार्यक्रम संयोजक राजेन्द्र लिगलले बताए ।
डिष्ट्रिक्टले हरेक वर्ष आयोजना गर्दै आएको राइला कास्कीमा लामो समयपछि हुन लागेको हो । जसमा कास्कीका ९ वटै रोटरी क्लबहरुसहित १७ होस्ट र १० को–होस्ट छन् ।
डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले राइला रोटरीको अभिन्न अंग रहेको बताउँछन् । उनले युवाहरुमा निहित प्रतिभा प्रस्फुटन र उनीहरुमा नेतृत्व क्षमताको विकासका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने बताए ।
गत वर्ष गोरखा र काठमाडौंमा यसप्रकारको कार्यक्रम भएको थियो । सहभागीको क्षमता र सिकाइ आधारमा अवार्ड प्रदान गरिनेछ । कार्यक्रमको उद्घाटन डिष्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजुले गर्ने रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

